नागरिक पोष्ट News


६ महिनाभित्रै पर्सामा एसपी गंगा पन्तको अहिलेसम्मकै प्रहरीको उत्कृष्ट काम

31.8K

प्रहरी जनसेवामा प्रहरी अधिृत गंगा पन्तको कामहरु उत्कृष्ट रहदै आएको छ । काठमाडौको बालाजु बृत्तमा रहदा होस् या पर्वतमा (१३ महिना जिल्ला प्रहरी प्रमुखको रुपमा अहोरात्र खटिएको ) रहदा होस् पन्तले जनसेवाका उत्कृष्ट कामहरु गदै जनतालाई खुशी र समाजलाई भयरहित बनाउन सफल भएकी थिइन् । हाल एसपी गंगा पन्त पर्सा जिल्लामा खटिनुभएको छ । पन्त खटिएको ६ महिनाभित्र पर्सामा उल्लेखनिय कामहरु भएका छन् । जसलाई आम पर्साबासीले खुलेर प्रशंसा गरेका छन् ।

गंगा पन्तको नेतृत्वपछि ६ महिनाभित्र पर्सामा भएका अपराध नियन्त्रण र सामाजिक अमनचयनका उल्लेखनिय कामहरु

जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसातादेखि श्रावण महिनाको पहिलो सातासम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा , सृट सुटिङ, हाडवेयर, मरिच, मोटर , छोहडा लगाएतको अवैध समानहरु, भन्सार छलेर नेपाल भित्र्याउदै गरेको ४ करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपैया बराबरको सामान नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ ।

त्यस्तै ८२ लाख १४ हजार, ८ सय ६५ रुपैया सहित हुण्डी कारोवारमा संलग्न रहेको १७ जनालाइ श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा रकम बुझाईएको र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयवाट मुद्धा चलाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

त्यसै गरिपर्सा प्रहरीले ३ करोड २लाख ५९ हजार ३ सय ३२ रुपैयाँ बराबरको तस्करीको सामान सहित ३५ जना तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको समेत एसपी पन्तले बताइन् । पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाय तोकेको र बिभिन्न मुद्दामा फरार रहेका ५३ जनालाई प्रहरीले पक्राउ गरि ५ लाख ७३ हजार ७ सय २७ रुपैया जरिवाना असुलि गर्ने सफल भएको प्रहरी निरिक्षक रबिभुषण यादबले जानकारी दिए ।

पर्सा प्रहरी उपरीक्षक पन्तको कार्यकारमा जिल्ला प्रहरी कार्यलय पर्सामा जम्मा १०८१ मुद्धा दर्ता भएको छ भने अहिलेसम्म ७८४ मुद्धा र्फछर्ट भएकोले पर्सा जिल्लाको पहिलो प्रहरी उपरीक्षक पन्तको कार्यशैलीले पर्साबासी निकै खुशि रहेको जानकारहरुले भनाइ छ  ।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते कार्यभार सम्भालेदेखि तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने पहिलो पर्साका महिला एसपी हुन् । पर्सा प्रहरी उपरीक्षक पन्तले लकडाउनलाई सफल पार्नेको लागि १८/ १८ घण्टा आफै डियुटि गरि लकडाउनको पालना गराई सफल बनाएकी थिइन्।

एसपी पन्तले हरेक महिनामा प्रहरीसंग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेर उदाहरणीय कामको थालनी गरेकी छिन् । जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक पन्त प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत छ। प्रहरीको पहिलो प्राथमिकता जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै त्यही अनुरुप आफूले काम कारवाही अगाडी बढाएको एसपी गंगा पन्तले बताइन् । स्रोतः अन्नपूर्ण टाइम्स

Must View