नागरिक पोष्ट News


नेपालमा कोरोनाका कडा लक्षणसहितका संक्रमित भेटिन थाले, फेरि लकडाउन गर्न विज्ञहरुको सुझाव

2.5K

काठमाडौं -बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ ।

पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिएपछि सतर्कता बढाइएको छ। संक्रमितमा लक्षण देखिनु गम्भीर चुनौती हो भने लकडाउन खुलेसँगै संक्रमित बढ्दै जाँदा अवस्था नियन्त्रण बाहिर जान सक्नेतर्फ विज्ञहरुले सचेत गराएका छन्। नेपालमा दुई दिनयता सातजनाले ज्यान गुमाएका छन्। हालसम्म ५६ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको जनाएको छ।

पछिल्लो समय नेपालमा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिन थालेको छ। साउन ७ गतेदेखि लकडाउन हटाएयता १४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। लकडाउन खुलेर सडक र बजारमा भीड बढ्न थालेपछि भेटिएका संक्रमितमा कडा लक्षण देखिएर र गम्भीर हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन: लकडाउन गर्नेसम्मको सुझाव दिन थालेको छ।

मन्त्रालयले लक्षणसहितका संक्रमित बढ्न थालेपछि गत साउन ११ गते नै गृह मन्त्रालयलाई पत्र पठाएको हो। मन्त्रालयले तत्कालै जोरबिजोर प्रणाली सुरु गरेर यातायातको साधन चलाउन भनेको छ। त्यस्तै नाकामा कडाइ गर्न पनि भनिएको जनाएको छ। गृहमन्त्रालयले बिहीबारै काठमाडौं भित्रिने नाकाबाट राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश निषेध गरिसकेको छ। 

हटेको सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुन: कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ। लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको छ। यस्तोमा कोरोना संक्रमण दरसमेत उकालो लागेको भन्दै स्वास्थ्यले फेरि जोरबिजोर प्रणाली लागू गर्न चिठी पठाएको हो। उनले एउटै चिठीमा जोरबिजोरसँगै काठमाडौँ उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भनिएको बताए। उपत्यका प्रवेश नाकामा गृहमन्त्रालयले आजैदेखि कडाइ गरिसकेको छ। थप समस्या र संक्रमित दुवै बढेर संक्रमण नियन्त्रण बाहिर जाने सम्भावनातिर हालको संक्रमण अघि बढेको स्वास्थ्यको निचोड छ।

 

Must View