घरबहाल तिर्न नसक्ने नागरिकलाई तत्काल घरबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश
1.8K
काठमाडौँ — सर्वोच्च अदालतले कोभिड–१९ को महामारीबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीमा अवधिमा घरबहाल तिर्न नसक्ने नागरिकलाई बाध्य पारी घरबाट ननिकाल्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले बिहीबार बन्दाबन्दीका समयमा घरमा बसेका नागरिकलाई घरभाडा तिर्न नसकेको अवस्थामा घरबाट ननिकाल्न आदेश जारी गरेको हो ।
'बन्दाबन्दीको अवधिको भाडा तिर्न नसकेका कारण घरबाट निकाल्न, निक्लन बाध्य पार्नेजस्ता दुर्व्यवहार नगर्नु, यसरी दुर्व्यवहार भएमा स्थानीय वडा कार्यालयले सुपरिवेक्षण गर्नु”, आदेश भनिएको छ ।