नागरिक पोष्ट News


जनकपुरका न्यायाधीश र वीरगञ्जका मेयरलाई पनि कोरोना संक्रमणको पुष्टि

1.6K

१६ साउन, जनकपुरधाम । प्रदेश २ मा उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ ।

न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि  निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् ।

वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।

Must View