नागरिक पोष्ट News


घर बेचेर डाक्टर बनेका चौधरीको २७ वर्षको उमेरमै कोरोनाबाट मृत्यु भएपछि परिवारमा रुवाबासी

4.6K

एजेन्सी।  भारतमा दिल्लीमा कोरोनाबाट २७ वर्षका डाक्टर जोगिन्दर चौधरीको मृत्यु भएको छ । ऋणधन गरेर डाक्टर बनाएको छोरा जवान अवस्थामा नै निधन भएपछि चौधरी परिवारमा अहिले शोकको डुबेको छ ।  २७ वर्षका डाक्टर छोरा गुमाउनु पर्दा चौधरी परिवारका सबै सदस्य अर्ध होस अवस्थामा छन् ।

भारतमा फैलिएको कोरोनाका कारण दिल्ली स्थित डाक्टर बाबा साहेब म्बेडकर अस्पतालमा एक वर्ष अघि मात्र काम सुरु गरेका जोगिन्दर चौधरीको निधन भएको हो  । 

उनी ‘फ्लू क्लिनिक’ मा कार्यरत थिए। गत नोभेम्बरमा उनलाई ‘क्याजुल्टी डिपार्टमेन्ट’ मा सारिएको थियो। २३ जुनमा ज्वरो आएपछि उपचार सुरु गरिएको थियो । त्यसवेलामा गरिएको परिक्षणका कममा उनलाई कोरोना भएको पुष्टि भयो । २७ जुनमा उनले आफुलाई कोरोना पुष्टि भएको थाहा पाएका थिए ।

यसपछि उनलाई अम्बेडकर अस्पतालबाट सारिएर लोक नायक जयप्रकाश अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिएपछि उनको स्वास्थ्यमा सुधार आउनुको सट्टा थप दयनिय हुँदै गयो । लगत्तै उनलाई ७ जुलाईमा सर गंगाराम अस्पतालमा सारियो। यहाँ पनि उनको स्वास्थ्यमा खासै सुधार भएन । कोरोनाका कारण उपचारकै क्रममा उनको एक महिना पछि निधन भयो । जोगिन्दर मध्य प्रदेशको निमच जिल्लाको सिङ्गोली क्षेत्रमा रहेको झान्तला गाउँको बासिन्दा हुन्। जोगिन्दरलाई एमबीबीएसको अध्ययनका लागि चीन पठाउने क्रममा बुवाले १८ लाख रुपैयाँमा घर बेचेका थिए। जुन पैसाले जोगिन्दरले एमबीबीएस अध्ययन गरेका थिए। 

Must View