नागरिक पोष्ट News


२४ घण्टामा १० हजार भन्दा बढी नमुना परीक्षण, काठमाडौंका ३८ जनामा कोरोना संक्रमण पुष्टि, थप चार जनाको मृत्यु

1.4K

१६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३८, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५/१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३/३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २/२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतक सबै वीरगञ्जका हुन् । उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

Must View