नागरिक पोष्ट News


काठमाडौंमा कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतवारवाट लागू हुनेगरी नयाँ नियम जारी (सूचना सहित)

6.5K

काठमाडौं । लकडाउन अन्त्य भएसंगै काठमाडौं उपत्यकामा कोरोनाको खतरा बढेको छ । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । लामो समयदेखिको लकडाउन खुलेपछि सर्वसाधारणको एकै पटक चहल पहल बढ्दा कोरोनाको जोखिम पनि बढेको को । अन्य जिल्लावाट भित्रनेको संख्या पनि उत्तिकै छ । काठमाडौंमा कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ ।

सामाजिक दूरी कायम गर्न जोड दिँदै कार्यालयले साउन १८ गते (आगामी आइतबार) देखि लागू हुने गरी नयाँ नियम ल्याएको हो । प्रशासनले एक सूचना जारी गर्दै कोरोनाको जोखम रहेकाले त्यसवाट बच्न निम्न उपाय अपनाउन आग्रह गरेको छ । नयाँ नियमअनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउने छन् । नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्ने छ ।

त्यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउने छन् । मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्। बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बुधबार जारी सूचना मा उल्लेख गरिएको छ ।

यस्तै शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउने बताइएको छ । शान्ति सुरक्षा र कानूनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय सधैँ खुल्ने छ । तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन प्रशासनले अनुरोध गरेको छ ।

 

Must View