नागरिक पोष्ट News


कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु

1.4K

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्युु भएको छ ।  ३५ र ६५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । यसमध्ये ८ जना साउनमा मात्रै पर्सामा निधन भएका कोरोना संक्रमण हुन् । कोरोना संक्रमणकै कारण बाराका २ जना र रौतहटतका १ जनाको मृत्यु पनि वीरगञ्जमै भएको थियो ।

यस्तै वीरगञ्जमा बिहान घरमै मृत्यु भएका थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–२ छपकैयाका ६५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Must View