नागरिक पोष्ट News


अधिवक्ता राधिका खतिवडा : पीडितका पक्षमा निःशुल्क बहसका लागि सय अधिवक्ता तयार पार्ने अभियानमा अगाडी बढ्दै

3K

काठमाडौं,  अधिवक्ता राधिका खतिवडाले रञ्जन कोइरालाको पुनरावलोकन र एसिड प्रहारमा पर्ने युवतीको पक्षमा निःशुल्क बहस गर्ने घोषणा गरेकी छिन् । पूर्वडीआईजी कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदनको पक्ष र विहिबार एसिड प्रहारबाट पिडित युवतीको पक्षमा निशुल्क बहस गर्ने घोषणा गरेकी हुन् ।

अधिवक्ता खतिवडाले निशुल्क बहसको घोषणा गर्दै यी दुई मुद्दाका लागि निशुल्क बहस गर्ने कम्तीमा एक सय जना अधिवक्ताको समूह बनाउने अभियान सुरु गरेकी छिन् । कम्तीमा एक जना अधिवक्ताहरुको समूह तयार पार्ने आफ्नो अभियान रहेको उनले  बताइन् ।

 श्रीमतीको बीभत्स हत्या अभियोगमा जेलमा रहेका रन्जन कोइरालाका बिरुद्ध महान्यायाधीवक्ता कार्यालयले दर्ता गरेको पुनरावलोकन मुद्दामा अधिवक्ता खतिवडाले निःशुल्क बहस गर्ने भएकी हुन् ।

नागरजुन नगरपालिका–४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो। अधिवक्ता खतिवडाले यी पिडितको पक्षमा निशुल्क बहस गर्ने भएकी छिन् ।

Must View