एकैदिन उपत्यकामा थप ४५ जनालाई र काठमाडौँ प्रवेश गर्नेमध्ये २४ जनामा कोरोना संक्रमणकाे पुष्टि
काठमाडाैँ– पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ४५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जनामा काेराेना संक्रमण भएकाे पुष्टि गरे।
प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ तथा काठमाडौँका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा काठमाडाैँका १३ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं प्रवेश गर्ने २४ जनामा कोरोना पुष्टिकाठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।