२१० जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट थप दुई जनाको मृत्यु
थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् ।
जोखिम टरेको होइन, झन् बढेको छकोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै डोटीमा डोटी ५२ जना संक्रमित थपिएका छन् । यस्तै पर्साका ३४, स्याङजाका २६, काठमाडौं र महोत्तरी १४/१४ जना, धनुषाका १२, मोरङ, कैलाली र कञ्चनपुर ८/८ जना तथा बाग्लुङ र धादिङका ७/७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सप्तरी, कपिलवस्तु, नवलपुर, म्याग्दी र बैतडीका २/२ जना तथा सुनसरी, भक्तपुर, सर्लाही रौतहट, तनहुँ र सुर्खेतका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमितको धरानमा मृत्यु