नागरिक पोष्ट News


डा. मानबहादुर विश्वकर्माको संघर्षमय तर सफल यात्रा :आरनदेखि नेपाल सरकारको सचीवसम्म

3.1K

दलित समुदायको तर्फबाट पहिलोपटक नेपाल सरकारको सचीव बनेका छन् डा. मानबहादुर विश्वकर्मा । हाल उहाँ बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी लिइरहेका छन् । मानबहादुर यत्तिकै यहाँसम्म आइपुगेका होइनन्, उनको यहाँसम्मको यात्रा बडो कठिन र संघर्षमय रहेको छ । विद्यालय शिक्षा लिने बेला मानबहादुरले ठूलो जातीय भेदभाव खेप्नुपरेको थियो । त्यतिबेला नेपाली समाजमा  जातीय भेदभाव थियो । बिद्यालय शिक्षामा उनले ठूला जातका साथीहरूलाई नछोइने गरी टाढै बसेर पढ्नुपथ्र्यो ।

कहिलेकाहीँ साथीहरूले किताब खोसेर मन्दिरभित्र फ्याँकेर फालिदिन्थे ।  पढाइलाई निरन्तरता दिन उनको लागि सहज थिएन । त्यही बेला भारतबाट खर्च आउन बन्द भएपछि उनी हजुरबुबासँग आरनमा बसेर घन ठोक्न थाले, ताप्के र दिउरी बनाएर बाटोमा बिक्री गर्न समेत हिँडेका थिए । मानबहादुर पाल्पाको लघुवामा रहेको घरबाट दैनिक चारघण्टा हिँडेर भैरवस्थानको स्कुल ओहोरदोहोर गर्थे । अभाव संघर्ष र रोदनमा २०३७ सालमा उनले एसएलसी परीक्षा दिएका थिए । एसएलसी परीक्षापछि उनी मजदुरी गर्न नयाँदिल्ली पुगे । त्यहाँ इन्जिनियरको घरमा भाँडा माझ्ने काम पाए ।  मानबहादुरले मासिक ४५ रुपैयाँमा  पढाउँदा(पढाउँदै अस्थायी शिक्षकमा नाम पनि निकाले । ०४३ सालमा लोकसेवा आयोगको सहलेखापालमा नाम निकाले । उनी शिक्षकको काम छोडेर अर्घाखाँची पुगे । अनि सुरु भयो मानबहादुरको निजामती यात्रा ।

मानबहादुरले ०४६ सालमा लोकसेवाको शाखा अधिकृत र त्यसको सात महिनापछि लेखा अधिकृतमा नाम निकाले । नासुको जागिर छोडेर काठमाडौं आएका मानबहादुर ०४७ मा लेखा अधिकृत बनेर कपिलवस्तु पुगे । त्यसपछि काभ्रे, ललितपुर हुँदै कृषि मन्त्रालय पुगेका थिए। ०५३ मा मानबहादुरले नेपाल सरकारबाट अध्ययन बिदा लिएर सीए पढ्न भारतको कानपुर गएका थिए । भर्नाको प्रक्रियामा रहेकै बेला जापानमा पढ्ने अवसर आइपुग्यो । ‘अनि जापानबाट कृषि सहकारी व्यवस्थापनमा डिप्लोमा र नेडरल्याण्डबाट पोस्ट ग्राजुएट गरेँ ।

मानबहादुरले ०६७ मा लोकसेवाले सहसचिव पदका लागि दरखास्त दिए र  दलित समुदायका तर्फबाट मानबहादुर बिके पहिला र एक्ला सह सचिव बने । मानबहादुर  प्रमुख जिल्ला अधिकारी बनेर ०६९ मा बर्दिया पुगे । त्यसबेला उनले सीडीओको रूपमा जहाँ पुग्दा पनि उनले यो आचारसंहिता लागू गरे । सुरक्षासम्बन्धी संवेदनशील विषयबाहेकको कुरामा कार्यालयको गोप्य कोठा प्रयोग नगर्ने, कार्यालय प्रयोजनको विषयमा निवासमा भेटघाट नगर्ने। मकवानपुरको सीडीओ रहेको बेला डा। मानबहादुर बिके पोस्ट डक्टरेट अध्ययनका लागि फुलब्राइट स्कलरसिप पाएर अमेरिकाको ब्राण्डाइज युनिभर्सिटी पुगे ।  त्यहाँ उनलाई विभिन्न विश्वविद्यालय र संघसंस्थाहरूमा लेक्चर दिने अवसर पाए । अमेरिकाबाट फर्किएसँगै उनले प्रदेश ५ को प्रदेश सभा सचिवको जिम्मेवारी पाए । 

प्रदेश ५ पछि उनी कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिव हुन पुगे । कर्णालीबाट युवा तथा खेलकुद मन्त्रालय सिंहदरबार सरुवा भएर आएको डा. मानबहादुर विश्वकर्माले विशिष्ट श्रेणीको सचिवमा बढुवा भएका छन् । नेपाल सरकारको उच्च पदमा पुगेर डा. मानबहादुरले दलित समुदायको इतिहास रचेका छन् ।

समाचार स्रोत : अनलाइनखबर

Must View