प्रहरी हेडक्वार्टरका २३ जना र स्याङ्जा जिल्ला प्रहरी कार्यालयका ३७ जना प्रहरीलाई कोरोना संक्रमणको पुष्टि
2.2K
१३ साउन, काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।
मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या ३७ पुगेको छ ।