नागरिक पोष्ट News


सन् २०१९ अर्थशास्त्रको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई

2.5K

एजेन्सी । सन् २०१९ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार थरिबी निवारणमा काम गरेका तीन अर्थशास्त्रीले प्राप्त गरेका छन् । उनीहरुले विश्वविद्यालयदेखि ग्रामीण क्षेत्रमा काम गरेका छन् । भारतीय मूलका अर्थशास्त्री अभिजित बनर्जी, इस्तर डुफ्लो र माइकल केमरलाई उनीहरुले विकासशील देशमा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा गरेको प्रयोगात्मक काममार्फत् गरिबी निवारणका लागि गर्नुपर्ने सम्बोधन गर्नुपर्ने विषय उजागर गरेका आधारमा नोबेल पुरस्कार प्रदान गरिएको हो ।

उनीहरुले गरिबी निवारणमा लक्षित नीतिका दीर्घकालीन असरका बारेमा अध्ययन गरेका छन् । केमर हाभर्ड विश्वविद्यालयमा अध्यापन गर्छन् । बेनर्जी र डुफ्लो म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीमा प्राध्यापन गर्छन् ।

Must View