नागरिक पोष्ट News


हिमालयन बैंकले ल्यायो, ५ प्रकारका सहज–सरल विशेष कर्जा योजना

2.4K

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ८.४९% व्याज दरमा विभिन्न ६ प्रकारका र ९.८९% व्याज दरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेका ८.४९% व्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेका छन् । 

त्यसैगरी, ९.८९% व्याजको कर्जा योजनामा शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा,  व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् । त्यस्तै बंैकले १०.३९% व्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ । 

१० वर्षको अवधिसम्मका लागि पाइने एसएमएई कर्जा ग्राहकहरुले न्युनतम पाँच लाखदेखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन् । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । 

ग्राहकहरुले घर निर्माण वा घर–जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन् । शैक्षिक कर्जा योजना स्वदेश वा विदेशमा पढ्न चाहना राख्ने विद्यार्थीहरुका लागि निकै उपयोगी हुने विश्वास बंैकले लिएको छ ।

विशेष आर्कषणको रुपमा उपरोक्त बिशेष सहज, सरल कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ भने यी सम्पुर्ण कर्जाहरुको सेवा शुल्क पनि हालसम्मको न्युन रहनेछ । 

यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुविधा पनि एक वर्षसम्म निःशुल्क पाउने छन् । 

Must View