न्यायधीसलाई पनि कोरोना, प्रहरी मुख्यालयमा चार सहित २० प्रहरीलाई कोरोना संक्रमणको पुष्टि
काठमाडों ।
सप्तरीको राजविराजमै न्यायाधीशमा पनि संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ बर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो । ७ साउनमा उच्च सरकारी वकिल कार्यालयका प्रमुख सहसचिवमा संक्रमण पुष्टि भएको थियो । ४३ बर्षीय उनको सम्पर्कमा आएका न्यायाधीश तथा कर्मचारीको पहिचान गरी स्वाब संकलन गरिएको थियो । त्यसक्रममा न्यायाधीशमा संक्रमण देखियो ।
वीरगञ्जमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि
प्रहरी प्रधान कार्यालयस्थित सवारी शाखामा कार्यरत चार जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले भने, ‘चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको छ ।’ त्यसमा पनि केहीमा संक्रमण पुष्टि भएको खबर आएको भएपनि यसलाई गोप्य राखेर उनीहरुको परिवारमा स्वाव संकलन भैरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
धनुषामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टिपछिल्लो २४ घण्टामा १३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार १२८ जना निको भएका छन् ।