नागरिक पोष्ट News


नेपालमा लकडाउन खुलेपछि संक्रमणको जोखिम बढ्यो, अत्यावश्यक कामबाहेक भीडभाड नगर्न सुझाव

2.2K

काठमाडौँ । बन्दाबन्दीको अन्त्यसँगै उपत्यकामा सवारी साधन सञ्चालन हुन थालेर मानिसको भीडभाड हुन थालेको छ ।  कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा संक्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले संक्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बन्दाबन्दी खुलेसँगै संक्रमणको जोखिम बढ्काले सतर्कता अपनाउन आग्रह गरे ।

यसैगरी बाहिर निस्कँदा हातले केही वस्तु छोए पनि स्यानीटाइजर लगाउनुपर्ने, कोही व्यक्तिसँग कम्तीमा दुई मिटर टाढा रहनुपर्ने, भरसक बसमा यात्रा नगर्ने, गर्नेपरे स्वास्थ्यमा न्यूनतम मापदण्ड अपनाउन समेत विज्ञले सुझाव दिएका छन् । 

भाइरस तत्काल हराउनेवाला छैन, हामीले ...

Must View