नागरिक पोष्ट News


नाग पञ्चमी, यसरी गर्नुहोस् घरको मूल ढोकामा नागको फोटो टाँसेर पुजा, नागदेवता खुशी हुनेछन्

6.2K

आज घर घरको ढोकामा नागको फोटो टाँसेर तथा जलाशयसहित नागको बासस्थान मानिने ठाउँमा नागको पूजा गरेर नागपञ्चमी मनाउने गरिन्छ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ ।नागपञ्चमीको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवानको चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ ।

यी हुन् सर्पका केही रोचक तथ्य

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व घर घरका ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी भोली देशैभर पूजाआजा गरी मनाइदैछ । नाग पञ्चमीका घरको ढोकामाथि नाग टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास रही आएको छ ।

यसदिन काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआजा गरी मेला लाग्ने गर्दछ । साथै पशुपतिस्थि वासुकी मन्दिरमा समेत भोली विशेष पूजाआजा गरिन्छ ।

भोली नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानले समेत आराम गर्ने गर्दछन् ।भोलीको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वाससमेत छ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ ।

नागपञ्चमीको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवानको चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ । संसारमा ३ हजारभन्दा बढी प्रजातिका सर्प पाइन्छ, तर अन्टार्कटिका महाद्वीपमा भने सर्प पाइँदैन। सर्पको शरीरमा चिसो रगत हुन्छ । जस कारण सर्पले आफ्नो वरिपरिको वातावरणअनुसार आफ्नो शरीरको तापक्रममा परिवर्तन ल्याउन सक्छ। गर्मीयाममा सर्पको शरीर चिसो हुन्छ भने जाडोयाममा तातो हुन्छ।

Palpa (पाल्पा): 2019

Must View