नागरिक पोष्ट News


एनसेलको ‘नयाँ सजिलो सिम’

1.4K

काठमाडौं। एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ। यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउने छन्।

नयाँ ग्राहकले कर सहितमात्र रु ९९ मा यो सिम लिन सक्ने एनसेलले जनाएको छ। यो योजना अन्तर्गत ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा पाउँछन्।

यो नयाँ सिम लिँदा ग्राहकले रु २० मेनब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउँछन्। यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुने एनसेलले जनाएको छ।

यो नयाँ सिमको प्रमुख विषेशता भनेको सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा नै हुन्। ग्राहकले सिम लिएको दिनको भोलि पल्ट मध्य रात सम्ममा रु १०० वा सो भन्दा बढिको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा (२५० एमबीअल टाइम अल नेटवर्क र २५० एमबीफोरजी डेटा) बोनस स्वरुप पाउँछन्। यो डेटाको समयावधि ५ दिन रहेको छ।

यसका साथै, ग्राहकले प्रत्येक रु १०० मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डेटा (१०० एमबीअल टाइम अल नेटवर्क र १०० एमबीफोरजी डेटा) बोनस पाउँछन्। उदाहरणका लागि यदि यो सिमलिने ग्राहकहरुले भ्वाइस, डेटा वा एसएमएस सेवामा रु १०० खर्च गरेमा उनीहरुले बोनस डेटा २०० एमबी पाउँछन्। यसरी प्राप्तहुने बोनस डेटा ३ दिनका लागि मान्य रहन्छ।

यो नयाँ सिम लिनका लागि पहिचान प्रमाणिकरणका निमित्त सक्कल सहित नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानीको फोटा ेकपी र पासपोर्ट साइजको फोटो एक प्रति आवश्यक पर्दछ।

नयाँ थिम ‘प्लस’ अन्तर्गत ‘नयाँ सजिलो सिम’ स्टार्टर प्याकको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “ग्राहकहरुलाई डेटा सेवाप्रयोगको उत्कृष्ट अनुभव र त्यसको लाभ प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप सबै मोबाइल डेटा प्रयोगकर्ताका लागि यो नयाँ प्याक ल्याउन पाएकोमा हामी निकै हर्षित छौं।’

Must View