नागरिक पोष्ट News


विदेशबाट ३४ हजारभन्दा बढी नेपाली फर्किए, कुन देशबाट कति?

1.6K

काठमाडौं- कोरोना भाइरसको महामारी र लकडाउनका कारण विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार हालसम्म ३४ हजारभन्दा बढी स्वदेश फर्किएका छन्।

विभिन्न २५ देशमा रहेका नेपालीलाई उद्धार गरिएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले जनाएको छ। मंगलबारसम्म ३४ हजार ९३ जना नेपालीलाई ल्याइएको छ।

साउदी अरबबाट पाँच हजार ६ सय ११, यूएईबाट सात हजार ६ सय १७, कतारबाट ३ हजार ९ सय ४१, कुवेतबाट पाँच हजार पाँच सय ४९, मलेसियाबाट ४ हजार ७ सय ७९, बहराइनबाट ९ सय ८० र ओमनबाट चार सय ९२ जना नेपाली ल्याइएको छ।

अफगानिस्तानबाट १८, अस्ट्रेलियाबाट ६ सय ३४, जापानबाट सात सय ५६, थाइल्यान्डबाट ३ सय २६, दक्षिण कोरियाबाट चार सय ७६, बंगलादेशबाट ८ सय ४१, मालदिभ्सबाट सात सय ९, सिंगापुरबाट एक सय ४६, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट एक सय २७, चीनबाट एक सय ५ र फिलिपिन्सबाट एक सय ८ जना ल्याइएको छ।

अफगानिस्तानबाट १८, म्यानमारबाट २६, श्रीलंकाबाट ५, हङकङबाट ८९, पाकिस्तानबाट ७२ र टर्कीबाट ३४ जना ल्याइएको छ। विदेशबाट ल्याइएकामा सबैभन्दा बढी बागमती प्रदेशका छन्। बागमती प्रदेशका ९ हजार ३ सय ३३ जना रहेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशका छन्। कर्णाली प्रदेशका सात सय ८३ जना रहेका छन्।

सरकारले चार्टर्ड फ्लाइटमार्फत उनीहरुलाई ल्याएको हो। यीमध्ये केहीलाई रोजगार दाता देश र कम्पनी आफैले पठाएका छन्। सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य उडान खोल्ने निर्णय गरिसकेको छ।

साउन ७, २०७७ मा प्रकाशित

Must View