नागरिक पोष्ट News


सनराइज बैंकको एसएमई कर्जा ९ दशमलव ९५ प्रतिशतमा

2.1K

काठमाडौं । सनराइज बैंक लिमिटेडले “सनराइज सरल एसएमई कर्जा” ९ दशमलव ९५ प्रतिशत  वार्षिक ब्याज दरमा दिने भएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्घेश्यले बैंकले “सन्राइज सरल एसए.ई कर्जा” ९ दशमलव ९५ प्रतिशत  वार्षिक ब्याज दरमा दिने भएको हो ।यस व्यवस्था अन्र्तगत ग्राहकले रु. एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् । उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।

 

साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न १३४ शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।

Must View