अझै पाँच दिनसम्म भारी वर्षा र बाढीको सम्भावना ! सतर्क रहनुहोला
1.7K
काठमाडौं । जल तथा मौसम विज्ञान विभागलेनेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने जनाएको छ । न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने विभागले जनाएको हो ।
असार ९ पछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने सोमबार विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए । उनले नेपालको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा अहिले भारी वर्षा भइरहेको बताए ।
पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलि लिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताए। यो मात्र अझै बढेर २ सय मिलि लिटर पार्नी पर्ने सम्भावना छ।