नागरिक पोष्ट News


स्थानीयस्तरमा बिपत ब्यबस्थापन कोष खडा गर्नुपर्नेमा सांसद दीपक कोईरालाको जोड

2.6K

गण्डकी प्रदेश कास्की क्षेत्र नं १का सांसद दीपक कोईरालाले स्थानीय स्तरमा बिपत ब्यबस्थापन कोष खडा गर्नका लागि गण्डकी प्रदेश सभाको ध्यानाकर्षण गराउनु भएको छ। लगातार वर्षाका कारण बाढी पहिरोले गण्डकी प्रदेशमा भएको धन,जनको क्षतिमा प्रदेश सरकारले बाढी पिडितका लागि गरिरहेको राहत कार्यको सरहना गर्दै  धन्यबाद समेत दिनु भएको छ। कोइरालले सबै काम प्रदेश सरकारले नेतृत्त्व गरेर ५० वटा नै स्थानीय तहमा पुगेर यो कामहरु भनेको बेला सम्पन्न गर्न नसक्ने र यसको बिकल्पमा ३६ वटा निर्वाचन क्षेत्रमा कम्तिमा बिपद् ब्यबस्थापनको लागि एउटा नयाँ मोडेल बनाउनु पर्नेमा जोड दिनु भयो।

३६ वटा निर्वाचन क्षेत्रमा १ करोडका दरले खर्च गर्दा पनि ३६ करोड खर्च हुने जुन सरकारको लागि ठुलो बजेट नभएको तर १ करोड खर्च नगर्न नसके ५० लाख खर्च र त्यति पनि गर्न नसके पनि २५ लाखका दरले मात्र बजेट बिनियोजन गर्न सके बिपद् व्यबस्थापनमा सहयोग पुग्ने बिश्वास उहाँको तर्क छ।सरकार श्रोतको अभाव नभइकन व्यबस्थापनमा कम्जोर देखिएकाले पछाडी परेको बताउनु भयो। बाढी,पहिरोको कारण ठुला क्षतिहरु भएका छन,जुन क्षति तुरुन्तै  पुर्ति गर्न नसकिए पनि बाढी(पहिरोकै कारण भएका स साना क्षतिहरुलाई थोरै रकम छुट्याएर कामहरुलाई सम्पन्न गर्न सकिने कोइरालाले बताउनु भयो। भत्केका बाटाहरु ,पुल,कुलेसाहरु ,सिचाईका नहरहरु निर्माण गर्न सकिने तर स्थानीय सरकार,प्रदेश सरकार,जनप्रतिनिधिहरुको अत्याधिक समय अनुगमन र आश्वासन दिन मै बितेको छ,कोईरालाले भन्नुभयो, आफ्नो निर्वाचन क्षेत्रको उदहारण दिदै कास्की - १,पोखरा- ३२ गगन गौडाबाट जनताको चौतारो जाने बाटो भत्किएको र मुस्किलले १५ - २० वटा जालि र ग्राभेल भर्दा पनि भने बाटो बन्ने तर त्यो बाटोमा सधै अनुगमन र आश्वासन मात्र बाडेमा समस्याको समाधान नहुने र २० वटा जालि पनि भनेको समयमा प्राप्त नभएमा त्यो सरकार लगायत सबै जनप्रतिनिधिले नै के काम गर्छ भन्ने गम्भिर प्रश्न उठ्ने चिन्ता समेत उहाँले व्यक्त गर्नु भएको छ । 

त्यस्तै बिजयपुरमा एउटा नहरमा १०० मिटर मात्रै चिरा रहेको जुन पोखरा २६,२७,२९,३० लगायतका ठाउमा हरुमा झन्डै १२४० हेक्टर जमिन सिचाई गर्न उपयोगी छ र २ लाख जति खर्च गर्यो भने नहर सुचारु हुने र हजारौ रोपनी सिचाई हुने तर २ लाख पनि खर्च गरेर त्यो नहर सुचारु गर्न नसकिएको बताउनु भयो। त्यस्तै पोखरा ३२ मा लामेआल नजिक पृथ्वी राजमार्गमा नाला नहुदा घर घरमा पानी पस्ने समस्या देखिएको छ।

तर समस्याको समाधानको रुपमा अनुगमन देखि आश्वासन र आश्वसन देखि अनुगमनमै रुमलिएको असन्तुष्टि समेत उहाँले पोख्नुभएको छ। सदन खाली संसदीय व्यबस्थापनलाई अगाडी बढाउन र छलफल,बहस गर्न,प्रश्न र जबाफ गर्न मात्र नभएर एउटा सार्थक बहसमा लगेर आजको दिनमा जुन समस्या पैदा भएको छ त्यसको हल निकाल्ने सार्थक बहसमा जानु पर्नेमा उहाँको जोड दिनुभयो।

यदि स्थानीय स्तरमा थोरै रकम बिनियोजन गरेर सानो सानो कुराको हल निकाल्न सक्यौ भने त्यसबाट हुने ठुला ठुला क्षतिबाट हामी बच्न सक्थियौ।रुपा ताल, फेवा तालहरुको निकास सही ढङ्गले हुन नसक्दा पानीहरुको अतिप्रवाह हुदा जोखिमहरु बढेका छन।त्यसमा पनि थोरै ध्यान दिएर सानो सानो खर्चले ठुलो दुर्घटना बाट जोगाउन सकिन्छ।यस्ता सानो सानो कुरा हरु प्रदेशमा हजारौ संख्यामा होला र यो सबै समस्याका हालका लागि कुनै न कुनै पद्ति बनाउनु पर्ने जरुरी देखिन्छ, सांसद दीपक कोइरालाले बताउनुभयो ।  

Must View