सिक्ने र सिकाउने वातावरण हाम्रो विद्यालयमा राम्रो छ : प्रधानाध्यापक महर्जन
कोभिड १९ को महाव्याधीको समयमा शैक्षिक संस्था सवैभन्दा वढि प्रभावित भएको छ । सामुदायीक विद्यालयहरुले शैक्षिक क्रियाकलाप अगाडि वढाउन नसकिरहेको परिपेक्षमा काठमाडौं बाफलमा अवस्थित ज्ञानोदय माद्यमिक विद्यालयले सम्पूर्ण तहहरुको शैक्षिक गतिविधी सञ्चालन गरीरहेको छ । यसका साथै कक्षा ११ को भर्नाका लागि सम्पर्कमा आउने अभिभावक तथा विद्यार्थीहरुको चाप पनि विद्यालयमा वढिरहेको छ । यसै सन्दर्भमा रहेका सामुदायिक विद्यालयको यो अनुपम अभ्यास कसरी सम्भव भयो भन्ने विषयमा रहेर यसै विद्यालयमा प्रधानाध्यापक श्री नातीकाजी महर्जनसंग गरिएको कुराकानी :-
१. नमस्कार सर , यस ज्ञानोदय मा.वि. वाट अहिले २०७६ को एसईई मा कति विद्यार्थी संलग्न हुनुहुन्छ ? यस विद्यालयवाट २०७६ सालको SEE मा २७६ जना विद्यार्थीहरु संलग्न हुनुहुन्छ । २. यस विद्यालयमा यो लकडाउनको अवधिमा कति विद्यार्थी भर्ना भए ? यस विद्यालयमा लकडाउनको अवधिमा आएका सवै नयाँ विद्यार्थीहरुलाई भर्ना लिन सकेनौ । पूराना निरन्तर अध्ययनरत विद्यार्थीको नाम दर्ता गर्ने कार्य ढिला भएको छ । ३००० विद्यार्थीमा १६०८ जनाको नाम दर्ता भएको छ । वाँकिको हुने क्रम जारी छ । ३. तपाईको विद्यालयले अनलाइन कक्षा संचालन गरेको छ ? छ, नर्सरी देखि कक्षा १२ सम्म नै संचालन गरिएको छ । नर्सरी देखि कक्षा ३ सम्मका अभिभावक विद्यालयमा आएर गृहकार्य र लकडाउनको अवधिलाइ तयार गरेको शैक्षिक सामग्री लिएर जाने र फेरी वुझाउन आउने गर्नुहुन्छ । कक्षा ४ देखि माथि पढाई भईराखेको छ । कक्षा ९,१० र १२ को सवै विषय पढाइ भएको छ । माईक्रोसफ्ट टिमको आईडि कक्षा १० र १२ लाई पूर्ण रुपमा वितरण गरिसकिएको छ भने अरुलाई गुगल मिटर, जुम मार्फत कक्षा सञ्चालन भएका छन् । गृहकार्य र नोट, वुकहरु गुगल क्लासरुमवाट दिने गरिएको छ । ४. गत वर्ष कक्षा ११ कोभलतचबलअभ का लागि विद्यार्थीहर भिड लाग्ने गरेको सुन्नमा आएको थियो ? किन यस्तो भिड लागेको होला ? गतवर्ष केहि विद्यार्थीहरुले कक्षा ११ मा भर्ना पाउन सक्नुभएन । जुन कुराले गर्दा पनि समयमै आफ्नो सिट सुरक्षित राखौ भनेर होला । सिक्ने र सिकाउने वातावरण पनि हाम्रोमा उत्कृष्ट नै छ । गत वर्षको विज्ञान समुहमा प्रथम, वागमती प्रथम यहि विद्यालयवाट भएका थिए। अन्य उत्तिर्ण भएर गएका केहि छात्रवृत्ति मा डाक्टर पढ्दै छन्, सि.ए. पढ्दै छन् । ईन्जिनियरीङ, कृषि, वनविज्ञान लगाएका क्षेत्रमा अध्ययनरत पनि छन् । आफ्नो भविष्य सुरक्षित गरौ भन्ने आशले होला । ५. कक्षा ११ मा यहाँ कुन कुन समुह अन्तर्गत पढाइ हुन्छ ? हाम्रो विद्यालयमा अहिले कक्षा ११ मा विज्ञान, व्यवस्थापन,सिभिल ईन्जिनियरीङ र यो बषंदेखि कानुन विषयमा पनि पढाई हुन्छ ।
६. कक्षा ११ र १२ को परीक्षा, पढाइ कसरी व्यवस्थापन गर्नु भएको छ ? कक्षा ११ र १२ मा विज्ञान, ईन्जिनियरीङ र व्यवस्थापनको लागि एक र एक जना कक्षा लिडर वनाएर उहाँहरु लगाएत सवैको सहयोगवाट सञ्चालन भएको छ । साप्ताहिक परीक्षा हुन्छ । वर्षमा ३ पटक टर्मिनल परीक्षा हुन्छ । कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षाको तुरुन्त संचालन गर्ने गरिएको छ । विषय विभाग, अतिरिक्त क्रियाकलाप विभाग, परीक्षा विभागहरुको समेत व्यवस्था गरिएको छ । ७. अभिभावकहरुले कक्षा ११ मा विद्यार्थी भर्ना गर्न पाईएन भन्ने गुनासो सुन्नमा आएको पाइन्छ । यसलाइ कसरी व्यवस्थापन गर्ने सोच वनाउनु भएको छ ? धेरै गुनासो त छैन जस्तो लाग्छ मलाई । अलि अलि एक दुइ सय विद्यार्थीका अभिभावकहरु जसले ठूलो सपना लिएर अलि ढिला आउनुहन्छ । जतिवेला भर्ना वन्द भईसकेको हुन्छ । भर्ना गर्न पाउनुहुन्न अनि आफ्ना कुरा राख्नुहुन्छ । सेक्सन थप्नुहोस् भन्नुहुन्छ । हामीले अहिलेलाई सेक्सन थप्न असम्भव छ भन्छौं । उहाँहरुको व्यवस्थापनको लागि हामी सेक्सन थप गर्ने कि भन्ने सोचमा छौं तर हामीलाई के थाहा छ भने १२-१४ सेक्सन भएपछि गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन भएर असन्तुष्टि पैदा हुने पो हो की ? विद्यार्थीहरुले मूल्यांकन तत्काल गर्न सक्नु हुन्न तर पछि आफू आफ्नो खुट्टामा उभिएपछि ठिक कि वेठिक छुट्याउन सक्नुहुन्छ ।जसरी हुन्छ, हामी उहाँहरुको गुनासो सम्बोधन गर्ने तयारीमा छौं ।
८. कक्षा ११, १२ को अहिलेसम्मको नतिजा कस्तो छ ? शिक्षकहरुको व्यवस्था कसरी गर्नुभएको छ ? अहिलेसम्मको नतिजा अत्यन्तै उत्कृष्ट छ । विद्यालयले सधै आफ्नो स्थान सुनिश्चित गरिरहेको नै छ। विद्यालयमा अध्यापन गराउनुहुने योग्यता पुगेका शिक्षकहरुले कक्षा लिईराख्नुभएको छ भने अपुग शिक्षकहरुलाई विद्यालयको श्रोतवाट व्यवस्थापन गरिएको छ । साथै कक्षा ११ र १२ का लागि चार वटा दरवन्दि रहेको छ । धेरैजसो शिक्षकहरु एमफिल गरिसक्नुभएको छ भने केहि पिएचडि स्कलर हुनुहुन्छ । बागमती प्रदेशमा गत वर्षको नतीजामा हामी तपसिल स्थानमा थियो ।
९. ज्ञानोदय माविमा पढ्न पाएकोमा विद्यार्थी खुसी देखिन्छन् । यसको राज के होला ? शिक्षकहरुले दिनुभएको खुसी हो । अभिभावकले विश्वास गर्नुभएको प्रतिफल हो । विद्यालयको सम्पत्ति हो । सवैलाई गरेको समान व्यवहार र व्यक्तिगत रुपमा गरिएको काउन्सिलिङ, उत्प्रेरणा र हेरचाह पनि हो । माया पनि हो ।
१०. एसईई दिएका तथा कक्षा ११को लागि भर्ना हुन तयार भएका विद्यार्थी तथा अभिभावकहरुलाइ के भन्न चाहनुहुन्छ ? विद्यार्थीहरुलाई अभिभावकसित वसेर आफ्नो भविष्य वनाउनुहोस् । शिक्षकहरुको सहयोग चाहिए सहयोग पनि लिनुहोस् । अहिले कक्षा १० वाट कक्षा ११, १२ गर्दै कक्षा १२ मा विद्यालय तहको अन्तिम परीक्षा हुने भएकाले सकभर विद्यालय परिवर्तन नगर्नुहोस् । कक्षा९-१२ माध्यमिक तह हो कलेज तह होइन । तसर्थ अभिभावकहरुलाई विद्यार्थीहरुले कक्षा ९-१० मा जसरी पढ्थे त्यसरी नै पढ्न लगाउनुहोस् । कुरा सवैको सुन्नु हो होस् निर्णय आफ्नो गर्नुहोस् ।आफ्नो सन्तानको भविष्य सुनिश्चित गरिदिन जुन विद्यालयम पढाउने हो त्यस विद्यालयको विद्यार्थी संख्या होईन पछिल्लो तिन वर्षको नतिजा हेरी विश्लेषण गर्नुहोस् ।
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - १३:०८:४६ बजे