उपत्यकामा बाढीको खतरा ! नदीको छेउछाउमा नजान सूचना सहित अपील जारी
2.1K
काठमाडौँ । लगातारको वर्षाको कारण काठमाडौं उपत्यकाका विभिन्न नदी/खोलामा पानीको सतह बढेपछी सतर्कताको लागि सरकारले अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखाले पानीको बहाव बढ्दो रहेकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन अनुृरोध गरेको हो।
शनिबार बिहान महाशाखाले जारी गरेको अलर्ट (सूचना) अनुसार पछिल्लो ३ घण्टामा उपत्यका (काठमाडौं) धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको मापन गरिएको छ।
अहिले उपत्यकाका विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खुलगायत नदी/खाेलामा बहाव बढ्दो छ। त्यसकारण अरू ३ घण्टा सतर्कता अपनाउन आग्रह गरिएको छ।