नागरिक पोष्ट News

अजोड इन्स्योरेन्सको शेयर तपाइलाई पर्यो की परेन, २ लाख ७३ हजार जनाले १० कित्ता पाए

2.5K

काठमाडौं । अजोड इन्स्योरेन्सले शुक्रबार आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असार २५ देखि २९ गतेसम्म सर्वसाधारणलाई विक्री गरेको ३० लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । गोलप्रथाका आधारमा गरिएको बाँडफाँटमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले शेयर पाएका छन् । 

यो आईपीओ बाँडफाँटमा ४ लाख ८५ हजार ४९८ जना योग्य आवेदकहरुलाई सहभागी गराईएको थियो । कुल ४ लाख ८५ हजार ३७१ जनाको आवेदन परेकोमा ८७३ आवेदन रितपूर्वक नगरेकाले रद्ध गरिएको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ । अजोडको आईपीओ खरिदका लागि आवेदन दिने २ लाख ११ हजार ४९८ आवेदकको हात भने खाली भएको छ । 

कम्पनीले कुल ३० लाख कित्तामध्य १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार सामूहिक लगानीकोषका लागि सुरक्षित गरि बाँकी रहेको २७ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणलाई विक्री गरेको थियो ।

Must View