नागरिक पोष्ट News


निर्माणधिन लोकतान्त्रिक पार्कको अवलोकन गरे नगरप्रमुख रामेश्वर बोहोराले तारकेश्वर १०

1.7K

१ साउन, काठमाडौं । तारकेश्वर वडा नं. १० मा निर्माणको अन्तिम चरणमा रहेको पार्कको नगर प्रमुख रामेश्वर बोहोराले अवलोकन र अनुगमन गरेका छन् । करिव ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको पार्क निर्माणको लागि बागमती प्रदेस सरकारको १ करोड लगानीमा निर्माण भएको वडाध्यक्ष अमृत थापाले बताउनुभयो । पार्क निर्माणका लागि बागमती प्रदेस सांसद योगेन्द्र संग्रौलाले पर्यटन विकास कार्यक्रमबाट बजेट विनियोजन गर्नुभएको थियो ।

निर्माणधिन पार्क तारकेश्वर नगरपालिकाको मुटुमा अवस्थित छ । यस पार्कभित्र अपाङ्गमैत्री शौचालय तारकेश्वर नगरपालिकाको सहयोगमा निर्माण्ढा भएको छ । बुद्धको ६ फिटको मुर्ति राख्नका लागि समाजसेवी तथा राजनीतिज्ञ बीरबहादुर लामाको टोली सक्रिय रुपमा लागिरहेको छ ।

लोकतान्त्रिक पार्क निर्माण समितिले पार्कलाई अझै व्यवस्थित गर्नका लागि आवश्यक रकम विनियोजन गर्न अवलोकनमाा आएका नगरप्रमुख रामेश्वर बोहोरालाई निर्माण समितिका सचिव रामचन्द्र खनालले मागपत्र नै बुझाएका थिए ।

पार्कको अवलोकनपछि नगर प्रमुखले पार्कमा आवश्यक पर्ने रकम विनियोजनका लागि नगर प्रमुख तयार रहेको बताउनुभयो । बुद्धको मुर्ति निर्माणका लागि ५०/५० को योजना बनाउन निर्माण समितिलाई आग्रह गर्नुभयो । रङरोगनका स–साना कामहरु वडास्तरीय बजेटबाट तत्काल गर्न निर्देशन दिनुभयो ।

ठूला योजनाहरुमा नगरपालिका बजेट विनियोजन गर्न तयार रहेको खुलासा गर्नुभयो । कार्यक्रममा समाजका सामाजिक अभियान्ताहरु, महिला समूहहरु र समाजका बौद्धिक, बुद्धिजिवी र प्रोफेशरहरुको उपस्थिति रहेको थियो ।

Must View