नागरिक पोष्ट News


विकास निर्माण कार्यमा संघीय सासंद तथा पूर्व मन्त्रि माननिय राजेन्द्र कुमार के.सी. (राजन) फोटोफिचरसहित

2.6K

साधना बस्नेत असार ३१, काठमाडौं ।

काठमाण्डौं क्षेत्र नं १० बाट निर्वाचित संघीय सासंद तथा पूर्व मन्त्रि माननिय राजेन्द्र कुमार के।सी। राजन बाट जिर्ण बाटो निर्माण सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिका वडा नं ६ अन्तर्गतको जिर्ण बाटो मर्मत हालै सम्पन्न भएको हो । संघीय सासंद तथा पूर्व मन्त्रि माननिय राजेन्द्र कुमार के.सी.(राजन) को पहलमा चोभार गरुडस्थान बाटो सुधार उपभोक्ता समितिको सहयोगमा ढलान कार्य सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिका वडा नं ६ स्थित चौतारा देखि ओपी, गरुडस्थान हुपिल्याण्ड हुँदै दक्षिणकाली सडक सम्म जोडिने उक्त बाटोको ८६ मिटर दुरी ढलान कार्य सम्पन्न भएको छ । विगत केही वर्ष देखि उक्त बाटो जिर्ण भै बाटो हिड्ने बटुवा, सवारी साधन चालकहरु तथा ढुवानीका साधनहरुले ठूलो कष्ट एंव दुर्घटनाको जोखिम मोल्नु परेको थियो । बाटो ढलान भएसंगै स्थानिय हर्षित भएका छन् । अबका भावि योजनामा उक्त क्षेत्रमा बाँकी रहेको जिर्ण बाटो मर्मत सम्भार गर्दे लैजाने योजना रहेको जानकारी उपभोक्ता समितिका अध्यक्ष मदन के.सीले  बताउनु भएको छ । साथै यस सामाजिक कार्यमा माननिय सांसद राजेन्द्र कुमार के.सी. (राजन) र प्रदेश सभाका माननिय सांसद पुकार महर्जनको पूर्ण साथ रहने जानकारी अध्यक्ष के.सी.ले दिनु भयो ।

 

Must View