(नेप्से)आज १.११ प्रतिशतले बजार बढ्दा परिसूचक १३६२.३४ अंकमा पुगेको छ ।
1.7K
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज १४.९० अंकले बढेको छ । आज १.११ प्रतिशतले बजार बढ्दा परिसूचक १३६२.३४ अंकमा पुगेको छ ।
नेप्सेका अनुसार आज १ सय ८९ कम्पनीका ३२ लाख १२ हजार ९ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५ सय २२ रुपियाँ बराबरको कारोबार भएको छ ।
होटल, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह घटे पनि बैंकिङ, ट्रेडिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा अन्य र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ ।आज एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी ९.९२ प्रतिशत नाफा कमाएका छन् भने मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी घाटा व्यहोरेका छन् ।