नागरिक पोष्ट News


कोभिड १९ अध्ययन तथा विश्लेषण केन्द्र (नेकोसाक) को गठन, डा. रविन्द्र पाण्डे संयोजक

2.2K

डा. रविन्द्र पाण्डे संयोजकत्वमा कोभिड १९ अध्ययन तथा विश्लेषण केन्द्र नेकोसाकको गठन भएको छ । कोरोना संक्रमणको महामारी चलिरहेको वर्तमान विषम परिस्थितिमा यसको बैज्ञानिक अध्ययन र विश्लेषण गरि तथ्यगत जानकारी दिलाउने उद्देश्यले विश्वका अन्य देशमा कार्यरत नेपाली बैज्ञानिकलाई समेटेर नेकोसाकको गठन भएको डा. रविन्द्र पाण्डेले बताए । संस्थाको प्रमुख उद्देश्य कोभिड – १९ को बारेमा सिर्जित भ्रमलाई निवारण गर्ने र नयाँ तथ्यको प्रबाह गर्ने रहेको छ । संस्थाको कुनै फन्ड नहुने, कसैको फन्ड स्वीकार नगर्ने तथा १०० प्रतिशत स्वयंसेवी रहने जनाइएको छ ।  स्वयंसेवा गर्न इच्छुक बैज्ञानिकहरुले सम्पर्क गर्नका लागि अनुरोध गरिएको छ ।

Must View