नागरिक पोष्ट News


तारकेश्वरको विकाशको बाटो बिषयक अन्तर्क्रिया कार्यक्रम मनमैजु साँस्कृतिक समाजले यहि शनीवार ३ गते गर्दै

1.8K

तारकेश्वर काठमाडौ । कोरोनाले ल्याएको परिवेश र यसपछि बदलिने समयलाई मध्यनजर गर्दै मनमैजु साँस्कृतिक समाजले विकास, सँस्कृति र साहित्य समेटेर बहसमुलक मासिक नियमित छलफल मन्थनको शुरुआत गर्न लागेको छ ।

तारकेश्वर नगरमा बसोबास गर्ने विभिन्न विषयगत विज्ञहरु, उद्यमी तथा व्यवसायी, कृषक, संचारकर्मी, कलाकर्मी तथा साँस्कृतिक कर्मीहरुलगायत सामाजिक तथा राजनीतिक अगुवाहरुलाई अतिथिका रुपमा आमन्त्रण गरि उनीहरुको अनुभव सुन्ने तथा विचारहरुमा अन्तरक्रिया गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिन लागिएको मनमैजु सास्कृतिक समाज संचार बिभाग प्रमुख श्रीराम के.सीले बताए ।

नगरमा बसोबास गर्ने नागरिक, विज्ञहरु, जनप्रतिनिधि, सामाजिक संघसंस्था, अभियानकर्मीहरु तथा विभिन्न सरोकारवालाहरुवीच सम्बन्ध प्रगाढहोस् र आपसी अनुभवहरु एक अर्काप्रति बाँड्ने वातावरण निर्माणभई विकासले गति लिन सकोस् भनेर मन्थनको सहजीकरण गर्न लागिएको हो ।

संचार विभाग प्रमुख के.सीले भने तारकेश्वरको समृद्धिको यात्रामा सघाउन, सामाजिक एवं आर्थिक, वातावरण, शिक्षा, संस्कृति तथा कृषि लगायत पर्यावरण, विपद् व्यवस्थापनजस्ता विषयहरुमा पनि मन्थन गरिनेछ । छलफलमा आएका विचार र सुझावहरुलाई आधारमानी तयार पारिएको प्रतिवेदन सार्वजनिक पहुँचमा अभिलेखका रुपमा उपलब्ध हुनेछ । मन्थन हरेक महिनाको पहिलो शनिवार दिउँसो ३ बजे मसाँस कार्यालयमा आयोजना हुने छ ।

आयोजक केशवराज खड्काका अनुसार मन्थनको पहिलो चरणमा नगरमै बसोबास गर्ने विषयगत विज्ञ तथा स्थानीय अनुकरणीय काम गरेका व्यक्तित्वलाई आमन्त्रित गरिनेछ भने दोस्रो चरणमा राष्टिय एवं अन्तराष्टियस्तरका विज्ञ एवं अनुभव बाँड्न चाहने व्यक्तिहरुलाई कार्यक्रममा निम्त्याइनेछ ।

कार्यक्रममा इच्छुक नगरवासी, विषयगत विज्ञहरु, जनप्रतिनिधिहरु, मिडियाकर्मी लगायतका सहभागीहरु हुन सक्नेछन् । कार्यक्रममा सहभागी हुन शुल्क तिर्नु पर्दैन तर अग्रिम सूचना भने दिनु पर्नेछ । पहिलो कार्यक्रम आगामी श्रावण ३ गते हुनेछ । मन्थनमा प्राध्यापक डाक्टर केशवराज खड्का पहिलो अतिथि हुनुहुनेछ ।

आयोजक केशवराज खड्काका अनुसार मन्थनको पहिलो चरणमा नगरमै बसोबास गर्ने विषयगत विज्ञ तथा स्थानीय अनुकरणीय काम गरेका व्यक्तित्वलाई आमन्त्रित गरिनेछ भने दोस्रो चरणमा राष्टिय एवं अन्तराष्टियस्तरका विज्ञ एवं अनुभव बाँड्न चाहने व्यक्तिहरुलाई कार्यक्रममा निम्त्याइनेछ । मनमैजु साँस्कृतिक समाजको संचार विभागको आयोजना एवं सहजीकरणमा हुन लागेको यस प्रकारको कार्यक्रम तारकेश्वरमै पहिलो हो भन्ने हामीलाई लागेको छ । मन्थनलाई नियमित छलफलका रुपमा स्थापित गर्न हामी प्रतिवद्ध छौ र सवैको सहयोग एवं योगदानको अपेक्षा गर्दछौ ।

हालको जोखिमपूर्ण समयलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा र शारिरीक दूरी कायम राख्दै मन्थन संचालनका लागि आवश्यक प्रवन्ध मिलाइने छ । कार्यक्रममा हाललाई बढीमा १५ जनामात्र सहभागीका रुपमा उपस्थित हुन पाउनेछन् ।

मनमैजु साँस्कृतिक समाज २५ वर्षअघि कला, सँस्कृति एवं साहित्यको उत्थानका लागि स्थापित तारकेश्वरको अग्रणी संस्था हो जसले राष्टव्यापी विभिन्न कार्यक्रमहरु गरि योगदान पुर्याउँदै आएको छ । सामाजिक विकासको क्षेत्र पनि यो संस्थाको एउटा महत्वपूर्ण पाटो हो ।

क्याटेगोरी : समाचार ट्याग : #मनमैजु साँस्कृतिक समाज

Must View