आयोजना निर्माणको म्याद ६ महिना थपियो
1.2K
काठमाडौं । सरकारले सरकारले लकडाउनको अवधिमा खरिद सम्झौता भएका र सो अवधिभित्र निर्धारित निर्माणको म्याद समाप्त भएका आयोजनाहरूलाई म्याद थप गरेको छ । सरकारले लकडाउन अवधिमा निर्माण म्याद समाप्त भएका आयोजन निर्माणको लागि ६ महिना थप समय दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय भएकोे नेपाल निर्माण व्यवसायी महासंघले जानकारी दिएको छ ।
सरकारले गरेको सो म्याद थपले लकडाउनको अवधिमा निर्माण समाप्त भएका तथा सो अवधिमा खरिद सम्झौता भएका आयोजनलाई भुक्तानी लिन सजिलो भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनका अनुसार हाल नेपालमा ५ हजार आयोजना सञ्चालनमा रहेका छन् । आवश्यक सबै आयोजनाले सो म्याद थपको सुविधा पाउने सिंहले बताए ।