नागरिक पोष्ट News


अनावश्यक रुपमा बढी किन प्रयोग गर्नु हुँदैन सेनिटाइजर, कारण यस्तो छ

1.6K

डाक्टरहरूले सेनिटाइटर प्रयोगको तुलनामा साबुन र पानीले हात धुन नै सल्लाह दिने गर्छन् । तर, केही अवस्थामा सेनिटाइजर प्रयोग गर्नुबाहेक अरू विकल्प रहँदैन ।

विगत छ महिनामा सेनिटाइजरको प्रयोग यति धेरै बढेको हुँदा यसको प्रयोगले गर्ने नाकरात्मक असरको बारेमा पनि जान्न जरुरी हुन्छ ।

कम्तिमा ६० प्रतिशत अलकोहल भएको ह्यान्ड सेनिटाइजर प्रयोग गर्न सिफारिस गरिन्छ ।

तर, केही सेनिटाइजरहरूमा अलकोहलको साटो ट्राइक्लोसन हुने गर्छ ।

ट्राइक्लोसान एक एन्टिब्याकटेरियल एजेन्ट हो जुन कीटनाशकहरूमा प्रयोग हुन्छ ।

यो छालाबाट सजिलैसँग सोछिने हुँदा यसले थाइरोइडको कामलाई असर गरी कलेजो र मांसपेशाहरूलाई बिगार्न सक्छ ।

खानुभन्दा अगाडि सेनिटाइजरहरूको प्रयोग गर्दा थाहा नपाइ रसायनहरू पनि खाने गरिन्छ ।

ह्यान्ड सेनिटाइजरमा धेरै रसायनहरू हुन्छन् र बारम्बार सेवन गर्दा यसले प्रतिरोध क्षमतालाई हानी गर्दछ ।

त्यही भएर खानुअघि कहिले पनि सेनिटाइजरको प्रयोग गर्नु हुँदैन ।

यो बच्चाहरूमा थप घातक हुन सक्छ । सुगन्धित सेनिटाइटरमा अझ बढी विष र रसायनले भरिएका हुने हुँदा सुगन्धित सेनिटाइटरको प्रयोग गर्नु हुँदैन ।

सुगन्धमा हानिकारक तत्त्वहरू हुन्छन् जुन जसले हर्मोनको नक्कल गरी आनुवंशिक विकासलाई बदल्न सक्छ ।

सेनिटाइजरले शारीरिक क्षति पनि निम्त्याउन सक्छ । सेनिटाइजरमा भएको अलकोहल अत्यधिक ज्वलनशील हुने हुँदा हातमा सेनिटाइजर लगाएर आगोको नजिक गएमा यसले जलाउन सक्छ ।

कारमा राखिएको सेनिटाइजर राम्ररी बन्द नभएको खण्डमा तातो बाफहरू कारमा जम्मा भएर ग्यासमा परिणत गर्छ ।

सानो स्पार्क भेटिए मात्र पनि आगो लाग्न सक्छ ।

साथै, मास्कलाई कहिले पनि सेनिटाइटरले सफा गर्ने वा धुने काम गर्नु हुँदैन ।  सेनिटाइजरले सफा गरेको मास्कको प्रयोगले वाकवाकी, बान्ता निम्त्याउन सक्छ ।

Must View