नागरिक पोष्ट News


तारकेश्वर १० मा निर्माणधिन भव्य लोकतान्त्रिक पार्क (फोटो फिचरसहित)

2.1K

२७ असार, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १० मान भव्य लोकतान्त्रिक पार्क निर्माण भएको छ । साँझको समयमा लोकतान्त्रिक पार्कमा झिलिमिली र पानीको फोहोराले स्वर्गको आनन्द दिने खालको रहेको छ । लोकतान्त्रिक पार्क सामान्य नभएर अन्तर्राष्ट्रिय स्तर र स्टाइलको रहेको छ ।

उक्त पार्कमा अझै बुद्धको सुन्दर मुत्र्ति राख्नुका साथै झरना र बिहानको समयमा मर्निङ वाल्क गर्नेहरुका लागि शारिरिक अभ्यास गर्ने ठाउँ बन्ने तयारीमा रहेको वडाअध्यक्ष अमृत थापाले बताउनुभयो ।

थापाका अनुसार तारकेश्वर १० मा अझै ठूला २ पार्क निर्माणको लागि रहेको खुलासा गर्नुभयो । तारकेश्वर नगरपालिकाभित्र २ ओटा पार्क निर्माण गर्नेमा वडा नं. १० मात्र रहेको छ । धेरैजसो वडाहरुले एउटा पनि पार्क बनाउन सकेका छैनन् ।

तारकेश्वर १० मा यस पार्क निर्माणको वडाको योजनामा प्रदेस सरकारबाट गतवर्ष ५० लाख र अहिले ५० लाख गरि १ करोडमा करिव ७० प्रतिशत काम सम्पन्न भएको देखिन्छ । तारकश्वर १० मा यस अघि गतवर्षमात्र शो पार्कको रुपमा वडा कार्यालय परिसरमा वडाकै योजनामा कार्य सम्पन्न भइसकेको छ ।

तारकेश्वर १० मा सडक, खानेपानी, सडकवत्ति, सिसि क्यामेरा, डस्वीन, ढल निमार्णसँगै पार्क र सामुदायिक भवन निर्माण कार्यले प्राथमिकता पाएको छ । तारकेश्वरमा सक्रिय र विकासप्रेमी वडाध्यक्षको रुपमा चिनाउन सफल अमृत थापाले हरेक विकास निर्माणको कार्यमा आफैं उपभोक्ता समिति वा ठेकेदारसँग जोडिएर गुणस्तरीय काम र छिटो काम गर्न सफल भएका छन् ।

लोकतान्त्रिक पार्क निर्माण कार्य सकिएको छैन । हेर्न जाने र फोटो खिच्ने मानिसहरुको भिड लागिसकेको छ । लोकतान्त्रिक पार्क बुढाबुढिहरुका लागि मात्र नभएर युवायुवतीहरुका फोटो खिच्नका लागि समेत यो पार्कको महत्व रहेको छ । तारकेश्वर व्यस्त ठाउँ मनमैजुको लोकतान्त्रिक चोक हो । यसै ठाउँमा निर्माण भएको पार्कले तारकेश्वर वडा नं. ९ र १० का बासिन्दाहरुमा खुशी ल्याएको छ ।

Source : Farakpatra

Must View