नागरिक पोष्ट News


सामाजिक दुरी र सुरक्षा सतर्कता सहित विद्यालय सञ्चालन गर्न पाउने, साउनदेखि शिक्षकहरु अनिवार्य स्कूल जानुपर्ने

1.6K

काठमाडौं । साउनदेखि शिक्षकहरु अनिवार्यरुपमा विद्यालय पुग्नैपर्ने व्यवस्थागर्न लागिएको छ । शिक्षकहरुलाई विद्यालय आउँजाउ गर्न जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था गरिने भएको छ ।

यसकालागि विद्यालयमा रहेका क्यारेन्टाइन हटाउने र निर्मलीकरण गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव तयार पारेको छ । शिक्षा मन्त्रालयले तयार पारेको यस्तो व्यवस्थाको प्रस्ताव कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा पेश गर्ने तयारी भएको हो ।

शिक्षा मन्त्रालयले जेठ १५ गते नै सूचना जारी गरेर विद्यार्थीहरुको अभिलेखीकरण गर्न भनेको थियो । तर, शिक्षकहरु विद्यालय नपुग्दा र विद्यालयहरु क्यारेन्टाइनमा परिणत भएकाले सबै ठाउँमा यसको कार्यान्वयन हुन सकेको थिएन ।

त्यसैले शिक्षा मन्त्रालयले शिक्षकहरुलाई विद्यालय जानैपर्ने अनिवार्य व्यवस्थागर्न लागेको हो । शिक्षकलाई विद्यालयसम्म पुग्न आवश्यक पासको व्यवस्था जिल्ला प्रशासन कार्यालयमार्फत हुने गरी व्यवस्थागर्न शिक्षा मन्त्रालयले तयार पारेको प्रस्तावमा भनिएको छ ।

यस्तै विद्यालय पुनसञ्चालनको मापदण्ड बनाएर स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्न सक्ने प्रस्ताव पनि मन्त्रालयले तयार पारेको छ ।

सबै स्थानमा जोखिमको अवस्था नरहेकाले हिमाली क्षेत्र र कोरोनाको जोखिम कम भएका क्षेत्रमा स्थानीय तहले निर्णय गरेर विद्यालय सञ्चालन गर्न पाउने गरी प्रस्ताव उच्चस्तरीय समितिमा लग्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ ।

शिक्षा मन्त्रालयको प्रस्ताव पारित भएमा स्थानीय तहहरुले जोखिमको अवस्था मूल्यांकन गरेर सामाजिक दुरी र सुरक्षा सतर्कता सहित विद्यालय सञ्चालन गर्न पाउने भएका छन् ।

यस्तै, निजी शैक्षिक संस्थाहरुलाई ऋण, व्याजलगायतमा सहुलियत दिन अर्थमन्त्रालयसँग आग्रह गर्ने विषय पनि प्रस्तावमा समेटिएका छन् । निजी विद्यालयमा कार्यरत शिक्षकको तलवसुविधाको सहजीकरणको विषय पनि प्रस्तावमा समेटेर उच्चस्तरिय समितिमा पेश गर्ने तयारी भएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

पुरै शैक्षिक संस्था पुनसंचालन नभई निश्चित स्थानीय तहहरुमा सञ्चालन गर्ने गरी प्रस्ताव तयार गरिएको स्रोतको दाबी छ ।

शिक्षालाई प्रतिस्पर्धाविहीन बनाउने ...

Must View