तारकेश्वर १ मा जथाभावी प्लटीङ गर्दा सडक हिलाम्मे, सडकमा हिँड्न नमिल्ने भएपछि स्थानीय महिला समूहले सडकमै धान रोपे
काठमाडौं । तारकेश्वर–१ स्थित जगत, कूँचिप्वाकल मोटरबाटो जग्गा प्लानिङको कारण सडक हिलाम्बे बनेको छ । जगत बसपार्कमाथिको अब्यवस्थित प्लटिङ्गको कारण जगतबाट कुन्चीप्वाकल, नेपालथोक ढकालचौर आउने बाटो अवरुद्ध भएको हो । सो स्थानमा जाने साङ्गला चुनीको बाटो समेत हिलाम्मे भएको कारण मोटर बाटो अवरुद छ । देशकै राजधानी काठमाडौ नजिक रहेको यो स्थान विकासका दृष्ट्रीले अत्यन्त पिछडीएको छ ।
प्लटीङ्गको दादागीरीकै कारण तिमिल्सिना टोल, देवकोटा टोल, कुन्चीप्वाकल, नेपालथोक, सल्लेगाँउ, ढकालचौर, देवीस्थानका बासीन्दाहरुलाई आवत जावतमा कठिनाई भएको छ ।
यसैबिच सोही स्थानमा अवस्थित बालकुमारी महिला कृषि समूहले सडकमै धान रोपेर विरोध जनाएका छन् । पटक पटक प्लटिङ्ग र सरोकारवाला निकायमा उजुरी, गुनासो गर्दा समेत सुनुवाई नभएपछि दवाव स्वरुप सडकमै धान रोपीएको बालकुमारी महिला समूहकी अध्यक्ष सोभा देवकोटाले बताइन । उनले भनिन्, “पानी पर्दा सडक हिलाम्मे हुन्छ, घाम लाग्दा धूलो उडेर बस्नै नसक्ने भएपछि हामी बाटो बन्द गर्न बाध्य भएका हौं ।”
सिमित व्यक्तिको स्वार्थका कारण पुरै गाउँबासीले सास्ती खेप्नु परेको र सडकको नाजुक अवस्थाका कारण एम्बुलेन्स समेत आउने बाटो नहुदा बिरामी लगायतका अत्यावश्यक सेवा प्रभावित भएको उनीहरुको भनाई छ ।
बर्खाको समयमा त्याँहाबाट गाड़ी मात्र नभएर मान्छेसम्म हिंडन नसकने अवस्था भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा सामाजिक अभियान्ता एचआर तिमिल्सिना लेख्नुहुन्छ – “समृद्ध तारकेश्वर निर्माणमा सहयोग गर्नुहुने साङ्लाका वडा नं १ का महिला दिदिबहिनीलाई धन्यवाद, अब तारकेश्वर नगरपालिकाका सडकमा पनि धान फल्नेछन्। यो धानमा सम्पुर्ण अधिकार नगरपालिकाको हुनेछ, त्यहाँका वडा अध्यक्षको हुनेछ । तारकेश्वर नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु सहित कात्तिकतिर धान काट्न जानुहोला मेयरसाब ।” भन्दै व्यङ्ग्य गरेका छन् ।
- फरकपत्र