कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३८ पुुग्यो
काठमाडौं । कोरोना भाइरस कोभिड-१९ को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानरपालिका १० शंमखुलका मृगौलाका बिरामी ६० वर्षीय पुरुष १६ असारमा पाटन अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो । पाटन अस्पतालमा नै सिन्धुपाल्चोक, पाँचपोखरी(६ का ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । उनी क्षयरोगको उपचारका लागि १८ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा गरिएको परीक्षणमा २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो र २५ गते उनको निधन भएको छ ।
यस्तै केएमसी अस्पताल, सिनामंगलमा निधन भएका गोकर्णेश्वर(४ का ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १६ हजार ७१९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ८ हजार ४४२ जना निको भइसकेका छन् ।