नागरिक पोष्ट News


देशभर बाढी–पहिरोको प्रकोपः बाढी पहिरोमा परि २५ जनाको मृत्यु,५७ जना बेपत्ता

2.2K

 मुलुकका बिभिन्न स्थानमा गएकाे बाढी पहिरोमा परि २५ जनाको मृत्यु भएको छ भने ५७ जना बेपत्ता छन् । सिन्धुपाल्चोक, कास्की, लमजुङ, म्याग्दी लगायत जिल्लामा बाढी र पहिरोले धनजनको क्षति पुर्‍याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलका अनुसार बिहीबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोमा परी २ जनाको भएको थियो भने मृत्यु २१ बेपत्ता भएका थिए । बाढीले १६ घर बगाएको थियो ।

यस्तै शुक्रबार कास्की, लमजुङ, म्याग्दी, जाजरकोट लगायत ८ जिल्लामा आएको प्रकोपमा २३ जनाको मृत्यु, ३६ बेपत्ता र २६ घाइते भएका छन् । प्रमुख कार्यकारी पोखरेलका अनुसा यो मानवीय र भौतिक क्षति विवरण शुक्रबार अपराह्नसम्मको हो ।

विपदमा परी घाइते भएकाको उपचार, बेपत्ताको खोज तथा उद्धार र मृतकको पहिचान गर्ने काम भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले बताए ।

धनकुटामा ढुङ्गा खसेर एक जनाको मृत्यु भएको छ । यस्तै सिन्धुलीमा तीन, मकवानपुर र प्यूठानको चार स्थानमा बाटो अबरुद्ध भएको जनाइको छ । दैलेखको नारायण नगरपालिका २ कुसाडाँडामा सर्पले टोकेर एक जनाको मृत्यु भएको जनाइएको छ ।

यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बिहीबार खरेको पहिरोमा दुई जनाको मृत्यु भएको छ भने २१ जना सम्पर्कविहीन रहेको तथा सात घाइते भएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।

Must View