नागरिक पोष्ट News


उपत्यकामा तीन जिल्ला र अन्त एक जिल्ला मात्रै सार्वजनिक यातायात सञ्‍चालन गर्न पाइने

2.4K

सरकारले सार्वजनिक यातायात सञ्‍चालन गर्ने भएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो जानकारी गराए । काठमाडौं उपत्यकामा तीन जिल्लाभित्र तथा बाहिर एक जिल्लाभित्र चल्न दिने गरी सार्वजनिक यातायात संचालन गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार सरकारले लामो दूरीको सार्वजनिक यातायात भने बन्द नै गर्ने निर्णय यथावत् राखेको छ ।

त्यस्तै ट्याक्सीमा चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ ।  एकै परिवारको भए पाँच वर्ष मुनिका बालबालिकालाई भने चढाउन पाइने गरिएकाे छ । निजी सवारी साधन र मोटरसाइकलमा समेत साेहीअनुसार हुने खतिवडाले जानकारी दिए ।

सार्वजनिक सवारी साधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाइने पाउनेछन् । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारी साधनभित्र सामाजिक दुरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागि समेत लागू हुनेछ ।

Must View