अबदेखि कोरोना संक्रमण भएकालाई भेदभाव गर्ने जो कोहीलाई कारवाही गरिने
2.2K
सरकारले कोरोना संक्रमण भएका र निको भएकालाई भेदभाव गर्नेलाई कारवाही गर्ने भएको छ । सङ्क्रमणमुक्त भएका जोकोहीलाई भेदभाव गरिए भेदभाव गर्ने व्यक्तिलाई कानुनतः कार्वाही हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभएको छ ।
अस्पताल, आइसोलेसन र क्वारेन्टाइनबाट सङक्रमणमुक्त भएर घर गएकालाई भेदभाव भएको, घरमा बस्न नदिएको खबर आएको बताउँदै प्रवक्ता प्राडा गौतमले ठिक भइसकेपछि स्वागत गर्दै घरमा बस्ने वातावरण बनाउनुपर्छ, भन्नुभयो ।