नागरिक पोष्ट News


शैलेश थापा क्षेत्री २८ औं आईजीपीमा : को हुन शैलेश थापा ?

3.1K

प्रहरी संगठनमा एउटा जवान देखि ठुला अफिसर सम्म नेपाल प्रहरीमा छायको खुसियाली

 

नेपाल प्रहरीमा इमानदार र व्यावसायिक अधिकृतको छवि बनाउन सफल अफिसर शैलेश थापा ज्युलाई सरकारले आईजीपीमा बढुवा गरेपछि प्रहरी संगठनमा खुसियाली छाएको छ ।

आईजीपीमा नियुक्त भएका थापा २३ मंसिर २०२५ मा भक्तपुर, कटुञ्जेमा जन्मिएका हुन् । बुबा शम्भु थापाका कान्छा छोरा शैलेश थापा हुन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापाका बुबा शम्भु नेपाल प्रहरीकै अवकाशप्राप्त नायब महानिरीक्षक (डीआईजी) हुन् । बुबाकै प्रेरणाले थापा संगठनमा प्रवेश गरेका हुन् ।

प्रहरी निरीक्षक बाट १९ वैशाख २०४९ नेपाल प्रहरीमा प्रवेश गरेका उनी संगठनभित्र बौद्धिक र इमान्दार अधिकृतका रुपमा चिन्छिन् ।

तत्कालीन समयमा लोक सेवा आयोगले लिने इन्स्पेक्टरको परीक्षामा उनी पहिलो नम्बरमा थिए । त्यसयता हरेक पदमा बढुवा हुँदा उनले आफूलाई ब्याजको पहिलो नम्बरमा उभ्याउन सफल भएका छन् ।

राजनीतिक पहुँच र लबिइङमा कमजोर मानिने उनी इमान्दार भएकै कारण वरियतामा संगठनले माया गरेको अधिकृतका रुपमा चिनिन्छन् । उनको व्यवसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् ।

इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोक, एकडेमी र सचिवालयमा काम गरेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड गरेका छन् भने एकडेमी र सचिवालयमा पनि बसेका छन् ।

प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि उनी कास्की र झापा जिल्ला प्रहरी प्रमुख बने । प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालयमा पनि बसे । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता भए । संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि उनी बोस्निया, इस्ट टिमोर र डार्फर (सुडान) गएका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका हुन् । हाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन बिभागको प्रमुख रहेका थापा डीआईजी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सफल कमान्ड गरेका अधिकृत हुन् । प्रहरी निरीक्षकदेखि पहिलो नम्बरमा रहेका उनी एसएसपी र डीआईजी हुँदा नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारीमा समेत काम गरिसकेका छन् ।

Must View