नागरिक पोष्ट News


काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन , दुई जना यात्रु राखेर ट्याक्सी चलाउन दिने तयारीमा सरकार

3.1K

काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ ।  स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको र ‘यसबारे कोभिड- १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा छलफल गरेर निर्णय हुने सरकारका एक मन्त्रीले बताए ।

यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्ने निर्देशन दिएका छन् ।

Must View