नागरिक पोष्ट News


राष्ट्रिय निर्देशन समिति गठन

2.1K

२३ असार २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गको अध्यक्षतामा अपाङ्गता राष्ट्रिय निर्देशन समिति गठन गरिएको छ । अपाङ्गता क्षेत्रम नीतिगत काममा सहजीकरणका लागि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ ( पहिलो संशोधन) २०७५ सहितको दफा ३८ (३) बमोजिम महिला बालबिलका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्को असार १९ गतेको निर्णयबाट असार २१ गते अपाङ्गता राष्ट्रिय निर्देशन समिति गठन गरिएको छ । सो समितिमा अपाङ्गता क्षेत्रमा राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका मध्येबाट बारा जिल्लाका जगदिश प्रसाद अधिकारी र काठमाण्डौंका रामप्रसाद ढुङ्गाना, विज्ञ मध्येबाट लमजुङ्ग जिल्लाकी प्रतिमा गुरुङ्ग, ललितपुरका डा. विरेन्द्रराज पोखरेल, सेवाप्रदायक संस्थाबाट गोरखाकी इन्द्रमाया गुरुङ् र बाँकेका कृष्ण गौतम मनोनित हुनु भएको छ । त्यसै गरी वर्गिय अपाङ्गताको तर्फबाट दोलखका रमेश लामा, काठमाण्डौका नरबहादुर लिम्बु, बाग्लुङ्का केदार प्रसाद अधिकारी ( के.पी.), गोरखाका मातृका देवकोटा, धनकुटाका युवराज कट्टेल, कास्कीकी लोचना अधिकारी, ललितपुरकी डा. सुनिता मलेकु / अमात्य, कपिलवस्तुकी पवन आचार्य, काठमाण्डौंकी हसना डङ्गोल र काभ्रेपलाञ्चोककी रोजिना श्रेष्ठ मनोनित हुनु भएको छ । सो राष्ट्रिय निर्देशन समितिमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय अध्यक्ष मित्रलाल शर्मालाई पदेन सदस्यको रुपम चयन गरिएको छ । त्यसै गरी अपाङ्ग राष्ट्रिय निर्देशन समितिका सदस्य एवं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले यस समितिले अपाङ्गता भएका व्यक्तिहरुका प्रत्येक सवालहरुमा नीतिगत रुपमा काम गर्ने बताउनु भयो ।

 

 

 

 

 

 

Sabu

 

 

Must View