नागरिक पोष्ट News


मौद्रिक नीतिको सुझाव पत्र घरेलु महासंघले राष्ट्र बैंकलाई बुझायो

1.5K

आज असार २२ गते नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष श्री उमेश प्रसाद सिंहको नेतृत्वमा पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार समितिका सभापति श्री बासुदेव गिरी, उपाध्यक्षहरु श्री शोभा गुरुङ्ग, श्री मोहन कटुवाल, महासचिव श्री डम्वर प्रसाद रेग्मी, कोषाध्यक्ष श्री सत्यनारायण प्रजापति सम्मिलित टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारी ज्यु कै कार्यकक्ष नेपाल राष्ट्र बैंकमा भेटगरी मौद्रिक नीति २०७७र७८ मा लघु, घरेलु तथा साना उद्योगको विकासका लागि गर्नुपर्ने व्यवस्थाका सम्बन्धमा महासंघको तर्फबाट लिखित सुझाव पेश गरियो । लकडाउनको कारणले उघमीहरूलाई परेका समस्याहरुका बारेमा जानकारी गराउँदै यसको समाधानका लागि मौद्रिक नीतिमा ब्यबस्था गरियोस् भनी अनुरोध गर्नुभयो । बैक तथा बित्तिय संस्थाहरूले कृषिमा १०५ तथा ऊर्जा र पर्यटनमा १५५ कर्जा प्रवाह गर्नुपर्ने ब्यबस्थालाई कायम राख्दै लघु, घरेलु तथा साना उद्योगमा पनि १५५ कर्जा प्रवाह गर्नुपर्ने ब्यबस्था गरियोस् भनी अनुरोध गर्नुभयो। लघु , घरेलु तथा साना उद्यमीहरुलाई बित्तिय साक्षारता प्रदान गर्दै ब्याबसायीक परामर्श समेत बैकहरूले दिने ब्यबस्था मिलाउनु पर्ने  र सहुलियत ऋण लिने प्रक्रिया सरल र सहज बनाउदै बहुसङ्ख्यक घरेलु तथा साना उद्यमीहरुलाई दिनुपर्ने माग गर्नुभयो। कृषि कर्जालाई कायम राख्दै बिघूतीय सवारी साधन , सफा टेम्पु र ट्याक्सीहरूमा पनि सहुलियतपुर्ण कर्जा दिने ब्यबस्था मौद्रिक नीतिमा गर्नुहुन अनुरोध गर्नुभयो। बैक तथा बित्तिय संस्थाहरूले लघु , घरेलु तथा साना उद्योगहरूको मेशीनरी लगायतका स्थीर पुजीलाई पनि धितो मानी सहुलियतपुर्ण कर्जा दिने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। त्यस्तै लघु  , घरेलु तथा साना उद्योग र कृषि तथा कृषि उघोगीहरू संचालन गर्न सामूहिक जमानामा समेत कर्जा दिने व्यवस्था गर्न गभर्नर ज्यु संग अनुरोध गर्नुभयो।

गभर्नर महाप्रसाद अधिकारीज्यू ले  घरेलु तथा साना उद्योग महासंघका सुझावहरूलाई गहन रूपमा लिने बिचार ब्यक्त गर्नुभयो। लकडाउनको कारणले  उघमीहरूले असारमा तिर्नुपर्ने ब्याज तथा किस्ता तिर्न नसक्ने भएमा बैकहरूले समय थप गरीदिने बिश्वास ब्यक्त गर्नुभयो। कोषाध्यक्ष सत्यनारायण प्रजापतिको प्रश्नलाई प्रष्ट गर्दै नेपाल राष्ट्र बैंकले दिएका निर्देशनहरू पालन नगरेमा वा उघमीहरूलाई नियम संम्बत कर्जा पाउन समस्या भएमा  राष्ट्र बैंकका निर्देशक देब कुमार ढकाल लगायतका साथीहरु संग सहकार्य गर्नुस् भनुभयो। महासंघका अध्यक्ष ज्यु ले  गभर्नर महाप्रसाद अधिकारीज्यू को कार्यकालमा घरेलु तथा साना उद्योगको बिकास तिब्र हुने आशा व्यक्त गर्नुभयो । मौद्रिक नीति लघु , घरेलु तथा साना उद्योगको विकासका लागि परिपुरक हुने बिश्वास ब्यक्त गर्दै गभर्नर ज्यु लगायत निर्देशक ज्यु हरू बिशेष धन्यवाद ज्ञापन गर्नुभयो!

...

 

  •  

Must View