नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ कर्मचारीमा कोरोना संक्रमण
1.6K
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
विदेशबाट नेपाल फर्किएकाहरूको उद्धारमा खटिएका उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेज छन् ।