उपत्यकामा ५४ कोरोना जनामा संक्रमण, काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित
1.6K
काठमाडौँ, असार २२ गते । पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।
काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४ पुगेको छ । काठमाडौँ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित भएका छन् । असार २१ गते वाग्लुगकाे ढाेरपाटन नगरपालिकाका २९ वर्षीय एकजना पुरुषकाे मृत्यु भएकाे छ । काेराेना भाइरसका कारणले मृत्यु हुने नेपालमा ३५ पुगेकाे छ ।
नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ कर्मचारीमा कोरोना संक्रमण नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।विदेशबाट नेपाल फर्किएकाहरूको उद्धारमा खटिएका उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेज छन् ।