साउनमा किन कपाल काट्नु हुन्न ! भगवान विष्णु आफ्नो कुटीमा बसेको बेला काट्न नहुने धार्मिक मान्यता
साउन महिना सुरुभएयता कपाल काट्न हुन्न भन्ने मान्यता छ । केही युवाहरुले यसलाई मान्दैन । तर, पाका पुस्ताले भने यसलाई मान्छन् । उनीहरु सकेसम्म साउन महिनामा कपाल नकाट्दा उचित हुुने तर्क राख्छन् ।
शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभकर्म भएकाले पनि भगवान विष्णु सुतेका बेला शुभकर्म गर्न नहुने मान्यता रहेको ज्योतिष गुरु पराचरले बताए । ‘शास्त्रीय परम्पराअनुसार विष्णुको अनुपस्थितिमा कपाल काट्न हुँदैन,’ उनले भने, ‘यो महिनामा विष्णुको भजन, कृतन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने परम्परा छ ।’
उनका अनुसार साउन महिना भगवान विष्णुको महिना भएकोले पनि यस महिनामा कपाल काटन् हुन्न । तर, कपाल काट्दा कुनै हानि हुन्छ भन्ने कथन छैन ।