नागरिक पोष्ट News


अहिलेसम्मकै बढी एकै दिन थप ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

2K

१९ असार, काठमाडौं । अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

थप एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । काठमाडौं, नयाँ बानेश्वरका ८५ वर्षीय बृद्धको एक निजी अस्पतालमा उपचारका क्रममा १७ गते राति ११ बजेतिर निधन भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै अछामका २३० जना छन् ।

यस्तै कैलालीका ५८ जना, बाजुराका ५३, डोटीका ४७, कञ्चनपुरका ४५, बैतडीका ४०, रौतहटका २९, डडेलधुरा र झापाका २८/२८ जना, सिराहाका २४, नवलपुरका १९, धनुषाका १६, बझाङका १४, दैलेखका १२ र बर्दियाका १० जामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी, दाङ र तनहुँका ९/९ जनन, सप्तरी, कपिलवस्तु, सल्यान ८/८ जना सुर्खेत र महोत्तरीका ६/६ जना, उदयपुर र मोरङका ५/५ जना, पर्वतका ३ तथा कास्की र पर्साका २/२ जना छन् ।

यस्तै, चितवन, सर्लाही, सिन्धुपाल्चोक, पाल्पा, कालीकोट, रोल्पा र बाग्लुङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Must View