नागरिक पोष्ट News


नेप्सेमा उछालमा नेगेटिभ सर्किट लाग्यो, बजार ८० अंकले घटेर कारोबार नै बन्द

2.5K

६ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार स्थगित गरेको छ । मङ्गलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका लागि कारोबार स्थगन गरेको हो ।

स्टकका अनुसार नेप्से ८०.४१ विन्दु अर्थात ६.०२ प्रतिशतले ओरालो लागेर एक हजार २५६.११ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १७.९९ बिन्दु अर्थात ६.२७ प्रतिशतले ओरालो लागेको छ । कुल १४२ कम्पनीको कुल १० लाख ६१ हजार ८९० कित्ता शेयर रु ४७ करोड ६६ लाख ५४ हजार ९७१ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कुल ११ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । लगानी कोष ०.०१ ले बढ्दा बैङ्किङ ८७.१४, होटल १२८.३७, विकास बेंक ७६.३५, जलविद्युत् ३४.९५, वित्त ०.०३, निर्जीवन बीमा १७८.३१, उत्पादन १२८.५२, अन्य ३१.३९, लघुपित्त ७१.२६ र जीवन बीमा ६०८.६१ ले घटेको स्टकले जनाएको छ ।

स्टकका अनुसार कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु छ करोड छ लाख ८२ हजार १२५ बराबरको भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड ५३ हजार १७५, हिमालयन डिस्टिलरी रु तीन करोड ८४ लाख ३७ हजार २६५, एनआइसि एशिया बैङ्क रु दुई करोड १८ लाख ३२ हजार ३५७, नागरिक लगानी कोष रु दुई करोड दुई लाख ६५६, एनएमबी बैङ्क रु एक करोड ९६ लाख ९० हहजार १३६ र नेपाल इन्भेस्टमेन्ट बैङ्कको रु एक करोड ७८ लाख ७० हजार ४७९ बराबरको कारोवार दुई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था ८.०७, गुर्खाज फाइनान्स ३.८१, गुडविल फाइनान्स ३.३८, नेपाल पुर्नबीमा कम्पनी ३.१७, मितेरी डेभलपमेन्ट बैङ्क ३.०१ र स्पर्श लघुवित्त वित्तीइ संस्थाका शेयरधनीले २.१० प्रतिशतले कमाए । त्यस्तै, सोल्टी होटल १०, प्रभु बैङ्क ९.९२, हिमालयन डिस्टिलरी ९.२७, लाइफ इन्स्योरेन्स कम्पनी ९.१५, ग्लोबल आइएमइ बैङ्क ९.१३, एशियन लाइफ इन्स्योरेन्स ८.८०, नेपाल बैङ्क ८.४६, नेपाल लाइफ इन्स्योरेन्स ८.३३ र एनआइसी एशिया बैङ्कका लगानीकर्ताले ८.३३ प्रतिशतले गुमाएका थिए ।

Must View