नागरिक पोष्ट News


काठमाडौँ उपत्यकामा ३२ सहित ४७३ जनामा कोरोना संक्रमणको पुष्टि, कोरोनाबाट ४९ दिने शिशुको मृत्यु

2K

सङ्क्रमितको संख्या १४ हजार ५ नाघ्यो

काठमाडौँ, असार १८ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार  ५१९  पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३  जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये १०९   महिला र  ३६४  पुरुष रहेका छन् ।

राजधानी काठमाडाैँमा ११ पुरुष र १७ महिला, ललितपुरमा दुई पुरूष र भक्तपुरमा दुई पुरुषलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, सुनसरीका ४,मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५, डोटीका ५८, कैलालीका १६५, कञ्चनपुरका ३१, खोटाङका १, चितवनका २, वर्दियाका १, दाङका २, धादिङका १,दोलखाका २, गोर्खाका १, काभ्रेका १, मकवानपुरका १,पाल्पाका १,रामेछापका १,रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १,सिन्धुपाल्चोकका ४, अर्घाखाँचीका २, नुवाकोटका १,रसुवाका १, बागलुङका १,पर्वतका २, तनहुँका ३,स्याङजाका २, कास्कीका १,लमजुङका १६, दाङका २, दैलेखका ३ तथा कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको छ ।

थप एककाे मृत्यु

कोरोना भाइरसका कारण थप एकजनाको काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको छ । म्याग्दी जिल्ला धौलागिरि नगरपालिकाको वडा नम्बर ४ का ४९ दिनका एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको हो । यासँगै मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

Must View